• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काँग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था नाजुक

    246
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् ।

    उनलाई भेटेपछि ट्वीटरमा निधिले लेखका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु- सबैले प्रार्थना गरौं !’ शुक्रबार उनले ट्वीटरमा लेखेका छन् ।

    गिरिको साउन दोस्रो सातादेखि उपचार हुँदै आएपनि अवस्था सुधार हुन सकेको छैन । गिरि घाँटीको क्यान्सरबाट पीडित रहेका छन् । साथै उनमा निमोनिया पनि देखिएको अस्पताल स्रोतले जनाएको छ। गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ