• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    प्रक्रिया नै पूरा नगरी अमेरिकी नागरिक हुमागाईले थाले प्रशिक्षण

    353
    SHARES


    काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले प्रक्रिया नै पूरा नगरी प्रशिक्षण थालेका छन् । अमेरिकी नागरिक हुमागाईले सम्झौता र श्रम स्वीकृत नलिएर नै प्रशिक्षण थालेका हुन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितीमा असोज ११ गते हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । बुधबार नेपाल आइपुगेका प्रशिक्षक हुमागाईँले शुक्रबारदेखि लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा खेलाडीलाई प्रशिक्षण दिन थालेका छन् ।

    एन्फाका प्रवक्ता सुरेश शाहीले हुमागाईले श्रम स्वीकृत लिन बाँकी रहेको हुनाले उनले त्यसपछि मात्र सम्झौता हुने बताए । सामान्यतया विदेशी नागरिकले नेपालमा काम गर्दा या रोजगारीका लागि आउँदा श्रम स्वीकृत आवश्यक पर्दछ । ‘उहाँले श्रम स्वीकृती ल्याउन बाँकी छ । त्यसपछि हामी सम्झौता गर्नेछौं । उहाँ श्रम स्वीकृतिको लागि प्रकृयामा हुनुहुन्छ,’ प्रवक्ता शाहले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ