• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भूकम्प गएको एक वर्ष पुग्दा पनि दुई लाख ५० हजार बालबालिकाले अझै विद्यालय जान पाएनन्

    499
    SHARES


    काठमाडौँ। हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्र्संघका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौंसम्म लाग्नसक्ने राष्ट्रसंघले जानकारी दियो ।

    संयुक्त राष्ट्रसंघीय बाल कोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरूका कारण राष्ट्रसंघीय बाल कोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।

    संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका सहप्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् । उनले दिएको जानकारीअनुसार बाल कोषले निर्माण गरिदिएका भवनहरुबाट ७४ हजार जना जति बालबालिका विद्यालय जान पाएका छन् भने अरु कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका अझै पनि कक्षा कोठाभन्दा बाहिर रहेका छन् ।

    राष्टसङ्घीय बालकोषले यहाँ भूकम्पबाट पीडित बालबालिकालाई शैक्षिक सामग्री, पोषणयुक्त खानेकुरा तथा अन्य आवश्यक सहायता पनि उपलब्ध गराएको छ । अझै पनि ठूलो संख्याका बालबालिका आफ्नो घर नभएर आश्रयस्थलमा बसिरहेका छन् । विभिन्न दाताको सहयोगमा यहाँ टेन्टहरु बनाइएको छ र त्यहाँ नागरिकले आश्रय लिइरहेका छन् । सो भूकम्पले एक हजार २५० विद्यालय भवन भत्काएको थियो । तीमध्ये अधिकांश अझै पुनः निर्माण हुन सकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ