• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाडीको ठक्करबाट वृद्धको मृत्युपछि अवरुद्ध रत्ननगर राजमार्ग प्रहरीले खुलायो

    293
    SHARES


    चितवन । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले बन्द गराएको पूर्व-पश्चिम राजमार्ग प्रहरीले खुलाएको छ । ठक्कर दिएर फरार भएको गाडीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने प्रतिबद्धता प्रहरीले जनाएपछि राजमार्ग खुलाउन स्थानीय तयार भएका हुन् । राजमार्ग अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरु अहिले गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

    आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको थियो । रानामगरलाई बोलेरो गाडीले ठक्कर दिएर फरार भएको र त्यसको खोजी भैरहेको डीएसपी रविनबाबु रेग्मीले बताए । यसैबीच चितवनको इच्छाकामना-४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ