तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु-छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका-५ घर भइ शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते छिन् । चित्रबहादुर र उनका छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । ब्याम्बोकी श्रीमती दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया