काठमाडौँ। मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ । पूर्वतयारीका कामहरु सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अवरोध नभई निर्धारित समयमै परियोजना सक्ने गरी काम गर्ने एमसीएले जनाएको छ ।
परियोजना कार्यान्वयनमा जानू अगाडिका पूर्वतयारीका लागि झन्डै अर्ब रुपैयाँ खर्च भइसकेको छ। एमसीसी आयोजनाका लागि कुल ६३ करोड अमेरिकी डलर खर्च हुनेछ । ५० करोड अमेरिकी डलर अमेरिकी सरकार अर्थात् एमसीसी र बाँकी रहेको १३ करोड डलर नेपाल सरकारले लगानी गर्नेछ ।
कुल लगानीमध्ये पूर्वतयारीका लागि १२.७८ प्रतिशत र ८७.२२ प्रतिशत कार्यान्वयन चरणमा खर्च हुनेछ । एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २ ९ गते सम्झौता भएको थियो । गत फागुन ११ मा संसद्बाट अनुमोदन भएपछि यस परियोजनाको काम अगाडि बढाउन बाटो खुलेको हो ।
प्रतिक्रिया