• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कमल थापा भान्छन् : नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण हो

    804
    SHARES


    काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताए । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो ।

    ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने,‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसक्ने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया