काठमाडौँ। सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा मेरो सेयर, सीआश्वा, एब सीडीएएस, सीएनएस, सीडीएससी र आईपीओ रिजल्टलगायतका सेवा प्रभावित बनेको छ ।
सीडीएससीको सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्न लागिएकाले सेवा अवरुद्ध बनेको हो । बिहीबार साँझदेखि अवरुद्ध सेवा अधिकतम एक दिनसम्म रहने सीडीएस एण्ड क्लियरिंङ्ग लिमिटेडले जनाएको छ ।
प्रतिक्रिया