• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    गाँजाको प्रयोगलाई अपराध नमान्दा समस्या, गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड नआउन स्वास्थ्यमन्त्रीको आग्रह

    1.2K
    SHARES


    काठमाडौँ। थाइल्याण्डका स्वास्थ्यमन्त्रीले गाँजा खानमात्र आउने पर्यटकहरूलाई आफ्नो देशको भ्रमणमा नआउन आह्वान गरेका छन् । दुई महिनाअघि थाइल्याण्डमा गाँजाको प्रयोगलाई अपराध नमान्ने कानुन आएपछि धेरै पर्यटकहरु गाँजा सेवनकै लागि जाने गरेको पाइएको छ । ‘हामी त्यस्ता पर्यटकलाई स्वागत गर्दैनौँ,’ अनुतिन चर्नभिराकुलले बुधबार पत्रकारहरुसँगको कुराकानीमा भने ।

    सन् २०१८ मा थाइल्याण्डले चिकित्सकीय प्रयोगको लागि गाँजाको प्रयोगलाई वैध बनाएको थियो । थाइल्याण्ड कुनै पनि उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैध बनाउने पहिलो दक्षिणपूर्वी एशियाली मुलुक थियो । यो वर्ष जुनमा भने कुनै पनि प्रयोजनको लागि गाँजा सेवन गर्दा कारबाही नहुने कानुन पास गर्यो ।

    सरकारले गाँजाको सेवनलाई वैध बनाएको भएपनि उच्च प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद गाँजा सेवन लोकप्रिय बनेको छ । रेष्टुराहरुमा गाँजा सेवनको लागि अलग कोठाको व्यवस्था गर्न थालिएको छ । गाँजाको प्रयोग वैध भएको भए पनि सार्वजनिक स्थानमा सेवन गर्नेहरुलाई तीन महिनाको जेल सजाय वा झण्डै ७०५ अमेरिकी डलर जरिवाना तोकिएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ