• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सांसद भीम रावलको संसदमा कविता- ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ’

    187
    SHARES


    काठमाडौँ। एमाले सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् ।

    देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
    नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ अनुसार फिर्ता गरेको नागरिता विधेयक देश हितका लागि गरेको बताए । राज्यव्यवस्था समितिको प्रतिवेदनका आधारमा विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख गरे ।

    संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई धारा ११३ अन्तर्गत पुनर्विचार गर्न फिर्ता पठाउनुलाई एउटै रुपमा हेर्न नहुने बताए । सांसद रावलले भने, ‘नागरिकता नपाउने को हुन्, कतिले पाएका छैनन्, कतिले गैरकानुनी रुपमा नागरिकता पाएका छन्, त्यसको छानविन हुनुपर्छ ।’

    भारत बेलायत, बंगलादेश, भुटान लगायतका देशमा स्वदेशीसँग बिहे गरेकी महिलाका लागि ७ बर्षसम्म समय राखेकोमा नेपालले पनि सो अवधी राख्नु कसरी गलत हुन्छ? रावलले प्रश्न छ । उनले चीरकालसम्ममा नेपालको अस्तित्व समाप्त पार्ने उद्देश्यका साथ सो विधेयक आएको बताएछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ