• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    पाँच दलीय गठबन्धनमा लोसपा रहने नरहनेवारे शुक्रबार टुंगो लाग्ने

    300
    SHARES


    काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने या नहुने भन्ने विषय शुक्रबार टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।

    संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिएका छन् ।

    यस्तै गठबन्धन र सरकार लगायतको विषयमा शुक्रबार छलफल गर्ने तय भएको सोनलले जानकारी दिए । त्यसपछि लोसपाको आगामी यात्रा तय हुने उनको भनाइ रहेको छ । उनले भने, ‘नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री देउवा सकारात्मक नै हुनुहुन्छ, संसदबाट विधेयक पास हुनेमा विश्वस्त हुनुहुन्छ । अन्य विषयमा प्रधानमन्त्रीसँग भोलि पनि कुरा हुने सम्भावना छ ।’

    तर, जसपाको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाँच दलमा लोसपा सहभागी हुने सम्भावना समाप्त भएको कुरा राखेका थिए । गठबन्धनको बैठक पनि लोसपालाई ल्याउनेमा सकारात्मक देखिएको छैन । यद्यपी प्रधानमन्त्री देउवाले गठबन्धनमा ल्याउने विषयमा लोसपालाई आश्वासन दिँदै आएका छन् । विगतमा प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा आउन आग्रह गरेका थिए ।

    जतिबेला लोसपा एमालेसँग निकट थियो, त्यो निकटता तोड्नका लागि प्रधानमन्त्री देउवाले पटकपटक लोसपालाई गठबन्धन तथा सरकारमा आउन आग्रह गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ