दाङ। दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थी चढेकाे डुङ्गा राप्ती नदीमा पल्टिँदा २४ जना घाइते भएका छन् । लमही नगरपालिका-९ तरुलियाबाट राजपुर गाउँपालिका-७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेकाे डुङ्गा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए ।
डुङ्गा पल्टिँदा २४ जना विद्यार्थी नदीमा खसेका थिए । प्रायजसाे विद्यार्थीहरुको अवस्था सामान्य रहेकाे केसीले बताए। ‘डुङ्गाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भने’ डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। माछा मार्ने माझीले उद्धार गरेका हुन्।’
डुङ्गा पल्टिँदा केही विद्यार्थीका जुत्ता चप्पल, किताब-कापी, झोला नदीमा बगेका छन् । पौडी खेल्न सक्ने जति आफैँ नदीबाट बाहिर आएका र अन्यलाई उद्धार गरिएको केसीले बताएका छन् ।
प्रतिक्रिया