• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ताइवानद्वारा अत्याधुनिक लडाकु जेट प्रदर्शन

    396
    SHARES


    काठमाडौँ। ताइवानले बुधवार आफ्नो सबैभन्दा उन्नत लडाकु जेट प्रदर्शन गरेको छ । चीनले ताइपेइको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइल युक्त एफ-१६ भी प्रदर्शन गरेको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान स्ट्रेटमा हवाई र समुद्री अभ्यास गरेको थियो ।

    ताइपेईले चीनको आक्रमणको प्रतिरक्षा गर्न आफ्नै अभ्यास गरेको जनाएको छ । बुधबार वायुसेनाका कर्मचारीहरूले पूर्वी हुवालिन काउन्टीको एयरबेसमा ‘लडाइँको तयारी’ अभ्यासमा अमेरिकामा निर्मित एन्टी-सिप मिसाइलको साथ एफ-१६ भी लडाकु विमान प्रदर्शन गरेका छन् ।

    ‘चिनियाँ कम्युनिष्ट सेनाको हालैको सैन्य अभ्यासको खतराको सामना गर्दै हामी राष्ट्रिय सुरक्षा सुनिश्चित र जुनसुकै बेला तालिमको अवधारणा स्थापित गर्दै सतर्क रह्यौं,’ ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ