• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    ‘विधेयक प्रमाणीकरण गर्न अब रातिमा पठाऔं, एमालेका ४ संसदीय समिति फिर्ता लिऔं’ : सांसद गजेन्द्र महत

    762
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले विधेयक प्रमाणीकरण गर्न दिउँसोमा पठाउँदा प्रमाणीकरण नभएकाले रातिमा पठाउनु पर्ने सुझाव दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा उनले व्यंग्यात्मक शैलीमा राति पठाउँदा प्रमाणीकरण हुन सक्ने बताए ।

    उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्‍यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’

    उनले राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणी गरे । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै महतले हाल एमालेको नेतृत्वमा रहेका अरु चार समिति फिर्ता लिएर लेखा समिति दिन सुझाव पनि दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ