• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    टी २० अन्तर्राष्ट्रिय शृंखलामा आयरल्यान्डको जित

    1.1K
    SHARES


    काठमाडौँ। अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली आयरल्यान्डले ३-२ ले जितेको छ । वर्षाले प्रभावित भएपछि ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६.४ ओभरमा तीन विकेट गुमाउँदै शृंखला आफ्नो पक्षमा पारेको हो । आयरल्यान्डका पाउल स्टर्लिङ १६ रन तथा लोर्कान टकर १४ रनको योगदान गरे । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । तर, फेरि वर्षा भएपछि आयरल्यान्डले डकवर्थ लेविसको आधारमा ५६ रनको लक्ष्य पायो । अफगानिस्तानका उस्मान घानीले सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ३ विकेट लिए ।

    यस अघि सुरुवाती दुई खेल आयरल्यान्डले क्रमश: ७ र ५ विकेटले जित्यो । तेस्रो र चौथो खेलमा अफगानिस्तानले क्रमशः २२ र २७ रनको जित निकाले पनि अन्तिम खेल भने गुमाउन पुग्यो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया