• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    बल्खुमा रहेकाे खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

    269
    SHARES


    काठमाडौँ । काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो ।

    खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ ।

    खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ । निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ