• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    हर्क साम्पाङले सार्वजनिक गरे सय दिने कार्य विवरण

    378
    SHARES


    काठमाडौँ। धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

    आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ । त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको, उनले उल्लेख गरेका छन् ।

    उनले सार्वजनिक गरेको कार्य विवरण
    १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
    २. ४ ठाउँबाट खानेपानीको मुहान थपे !
    ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
    ४. ६ लाख विरुवा रोपे !
    ५. सरसफाइमा देखिने सुधार ल्याएँ !
    ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
    ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
    ८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
    ९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
    १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
    ११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
    १२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
    १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ