• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    अहिलेसम्म ५४ जनामा हैजा पुष्टि, सरकारले विस्तृत अनुसन्धान गर्दै

    362
    SHARES


    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा संक्रमणको कारणबारे विस्तृत अनुसन्धान गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस बिषयमा अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख डा. चुमनलाल दासले बताए ।

    ‘काठमाडौंको पानीमा हैजा फैलाउने जीवाणु छ भन्ने पत्ता लाग्यो । तर, कहाँबाट हैजा फैलियो भनेर पत्ता लागेको छैन,’ डा.दासले भने, ‘हैजाले कुनै महामारी नै त ल्याएको छैन । सबैतिर हैजा देखिएकाले ब्याक्टेरिया कसरी फैलिँदैछ भन्ने पत्ता लगाउन विस्तृत अनुसन्धान गर्न लागेका हौं ।’

    २ असारदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण १ भदौं सम्म आइपुग्दा ५४ जनामा देखिएको छ । इडीसीडीका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको र हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा हैजा देखिएको छ । ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा हैजा देखिएको छ ।

    त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ । संक्रमित हुनेमध्ये सातजना १४ वर्षमुनिका बालबालिका  स्रहेका छन् । परीक्षण गरिएकामा धारा, ट्युबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले  सबैमा आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ