• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश १ समाचार

    खोटाङमा वडा कार्यालयको पनि शाखा, महिनामा ६ दिन सेवा

    369
    SHARES


    खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ बिजयखर्क वडा कार्यालयले शाखा स्थापना गरेको छ । बसेरीमा रहेको वडा कार्यालय पुग्न दुई/तीन घण्टा हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै मालामा वडा कार्यालयको शाखा विस्तार गरिएको हो । महिनाको ६ दिन सेवा दिनेगरी बुधबार वडा कार्यालयको शाखा स्थापना गरिएको वडाध्यक्ष रामबहादुर कटवालले बताएका हुन् ।

    वडाको शाखाबाट साविकको बिजयखर्क-१ र २ का स्थानीय लाभान्वित भएका छन् । वडाको शाखामा सेवा प्रवाहका लागि सचिव र कार्यालय सहयोगीमध्ये एक जनालाई खटाइने छ । चम्पावती माबिको एउटा खाली भवन लिएर वडाको शाखाका रुपमा सेवा सुरु गरिएको हो ।

    वडा कार्यालय बिजयखर्कले सोही ठाउँबाट स्वास्थ्य सेवा पनि सुरु गरेको छ । महिनाको ६ दिन स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी सेवा सुरु गरिएको हो । तोकिएको दिन एक जना स्वास्थ्यकर्मीलाई औषधि सहित खटाइने वडा कार्यालयले जनाएको छ । स्वास्थ्यचौकीले महिनाको ६ दिन गाउँबाटै सेवा दिन सुरु गरेपछि सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएको स्थानीय युवा नेता किसन भुजेलले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ