काठमाडौँ । बरिष्ठ पत्रकार वसन्त पोखरेलको निधनमा क्रान्तिकारी पत्रकार संगठन नेपालले शोक व्यक्त गरेको छ।
लुम्विनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको मंगलबार ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको थियो।
क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीले एक व्यक्तव्य जारी गर्दै २०३५ सालदेखि श्रमजीवी पत्रकारितामा सक्रिय निष्ठा, निडर र इमान्दारीताकाे पहिचान बनाएका पोखरेलको निधनले ठूलो पत्रकारिता क्षेत्रमा क्षती पुगेको बताएको छ ।
जिवनकाे अन्तिम समयसम्म पनि श्रमजीवी वर्गकाे पक्षमा महत्वपूर्ण याेगदान गरेका पोखरेल पटकपटक श्रमजीवी वर्गको पक्षमा कलम चलाउदा प्रहरी हिरासत समेत परेका थिए ।
साथै उनको निधनले सिङ्गो राष्ट्र र समाजलाई समेत स्तब्ध बनाएको शोक बक्तब्यमा उल्लेख छ । यस शाेकाकुल समयमा क्रान्तिकारी पत्रकार संगठन नेपालले पोखरेलप्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया