• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नागरिकता विधेयकलाई जस्ताको तस्तै पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड गर्दै छ: ओली

    216
    SHARES


    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसदले एकपटक विचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको र घमण्डीपन देखाएको बताए ।

    यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए । उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताए ।

    अहिले आफुलाई लोकतान्त्रिक पार्टीको दाबी गर्ने कांग्रेसको विचार शुन्य रहेको र अरु दललाई साथमा नलिई अघि बढ्न नसक्ने अवस्थामा पुगेको तर्क गरे । ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गर्दै प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाए । ओलीले देशमा स्थिरता ल्याउन एमालेको जित अपरिहार्य भएको बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ