• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    गठबन्धन बनाउन नसक्दा एक्लै चुनावि मैदानमा सीके राउत

    327
    SHARES


    :jtGq dw]z u7aGwgsf ;+of]hs /fpt dGtJo JoQm:jtGq dw]z u7aGwgsf ;+of]hs l;s] /fpt z'qmaf/ g]kfn ;/sf/ / :jtGq dw]z u7aGwgaLr sf7df8f}Fdf ePsf] /fhgLlts ;xdlt 3f]if0ff sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M rGb|snf If]qL,sf7df8f}F,/f;;

    काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउत गठबन्धन बनाउनमा असफल भएपछि एक्लै चुनाव लड्ने तयारीमा जुटेका छन् । स्थानीय तहको चुनावलगत्तै आगामी संघ तथा प्रदेशको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेको जनमत पार्टीले त्यसका लागि यो बीचमा निकै प्रयास गर्यो तर सबै प्रयास असफल भएपछि एक्लै चुनाव लड्ने निष्कर्षमा पुगेको छ ।

    जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्, ‘हाम्रो चाहना मधेसमा एउटा छुट्टै गठबन्धन बनोस् भन्ने थियो र त्यसका लागि हामीले निकै प्रयास पनि गर्यौं तर अहिलेसम्मको परिणाम सकारात्मक देखिएको छैन ।’यद्यपि दलहरुसँग आन्तरिक रुपमा अझै छलफल जारी छ । तर, त्यसलाई सकारात्मक रुपमा लिन सकिँदैन । गठबन्धनका लागि सबैले चाहना देखाए पनि ठोस निर्णय कसैले लिन नसकेको जिकिर महासचिव सिंहको छ ।

    गठबन्धनको नाममा आफूहरुले चुनावी तयारी कमजोर नगर्ने भन्दै सबै क्षेत्रमा तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइसकेको उनले बताए ।जनमत पार्टीका अध्यक्ष राउतलाई गठबन्धनमा रहेका पार्टीभन्दा पनि गठबन्धन बाहिर रहेका दलहरुसँग बढी अपेक्षा थियो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारमा हुनुको साथै पाँच दलीय गठबन्धनमा पनि रहेको छ । त्यसैले त्यो दलसँग जनमत पार्टीको त्यति ठूलो अपेक्षा थिएन । जनमत पार्टीले सबभन्दा ठूलो अपेक्षा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग गरेको थियो ।

    त्यसका लागि अध्यक्ष राउतले लोसपाका अध्यक्ष ठाकुरसँग पटक पटक छलफल गरेका थिए । तर छलफलमा अध्यक्ष राउतले आश्वासन मात्र पाए । लोसपा पाँच दलीय गठबन्धनमा सहभागी हुने भनी बकुल्लाझैं ढुकेर बसेका कारण अरु कुनै निर्णय लिन नसकेको जनमत पार्टीका एक नेताले बताए । लोसपाका नेताहरुलाई काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनमा ल्याउनुको साथै सरकारमा पनि सहभागी गराउने अझै विश्वास छ । यसले गर्दा अरु दलसँगको गठबन्धनबाट पनि लोसपा टाढिँदैैछ ।

    जनमत पार्टीले गठबन्धनको अपेक्षा एमालेसँग पनि गरेको थियो तर एमालेले पनि आश्वासन मात्र दिएको छ । जनमतका ती नेताले भने, ‘एमालेले आश्वासन दिएको छ कि देशभरि गठबन्धन बनाउन सकिदैन तर तराई मधेसका केही सीमित ठाउँमा गठबन्धन गर्न सकिन्छ । त्यसका लागि दुवै दलले क्षेत्रको पहिचान गरौं पनि भनेको छ । सम्भवतः एमालेसँग केही ठाउँमा गठबन्धन हुन सक्छ ।’

    जनमतका अध्यक्ष राउतले चुनावी गठबन्धनकै लागि जेलमा रहेका रेशम चौधरीलाई पनि पटक पटक भेटेका छन् । तर चौधरीले पनि ठोस निर्णय दिन सकि रहेका छैनन् । सल्लाह गरौं, छलफल गरौं भन्नेबाहेक अरु केही ठोस निर्णय दिन सकेनन् । स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीले पश्चिममा आफूलाई सघाउन, पूर्वमा जनमतलाई सघाउने प्रस्ताव राखेको तर जनमत पार्टी त्यसमा सकारात्मक देखिएन ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ