• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सिट बाडफाँटको प्रस्ताव आउने सम्भावना कम

    501
    SHARES


    काठमाडौं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने सम्भावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।

    त्यही अनुरुप नै उनले सत्तारुढ दलका नेताहरुलाई अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । तर छलफलका आधारमा अहिलेसम्म सिट बाँडफाँटको मिलनबिन्दु के हो भनेर फेला परिनसकेको सिटौला निकट स्रोतले बताएको छ ।

    आज (बुुधबार) साँझ बस्ने कार्यदलको बैठकमा सिट बाँडफाँटसम्बन्धी प्रस्ताव पेश गर्ने भनिए पनि त्यसबारेमा कुनै पनि प्रगति हुन नसकेको हो । सिट बाँडफाँट कसरी गर्ने भन्नेबारेमा नै कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु अलमलमा रहेको कार्यदल स्रोतको भनाइ रहेको छ ।

    सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन भन्दै ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलको बैठक लगातार बसे पनि सहमति जुट्ने संभावना कम देखिएपछि संयोजक सिटौलालाई प्रस्ताव ल्याउन भनिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया