बैतडी । दशरथचन्द नगरपालिका वडा.न.४ बिनासौमा बँदेलको लागि थापेको पासोमा चितुवा परेको छ । बुधबार बिहान पासोमा चितुवा फसेको देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समयमा बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मकै जोगाउनको लागी किसानहरुले पासो थापेको र त्यही पासोमा चितुवा परेको जनाइएको छ ।
अहिले चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमबहादुर कडेलले जानकारीदिएका छन्। चितुवाको ढाडमा पासो परेको र चितुवाले फुत्किनका लागि प्रयास गर्ने भएकाले भिडभाड नगर्न समेत आग्रह गरिएको उनले बताएका छन् ।
बैतडीमा जंगली जनावरहरुले किसानहरुले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन्बा भने लीनालीको सुरक्षाका लागि किसानहरुले पासो थाप्ने गरेको पाइन्छ । बँदेल, दुम्सी र बादर लगायतका जनावरहरुले किसानहरुको मकैबारी नष्ट गर्ने गरेका छन् ।
प्रतिक्रिया