• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मस्कले गरे म्यानचेस्टर युनाइटेड किन्ने घोषणा !

    488
    SHARES


    न्युयोर्क। ट्वीटर किन्ने असफल प्रयासपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन् । ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे । र यो ट्विट लगत्तै उनले भने, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’

    ट्वीट गर्ने क्रममा एलन मस्क कत्तिको गम्भीर छन् भन्ने कसैले पनि बुझ्न सक्दैन । तर, उनको भनाइले म्यान्चेस्टर युनाइटेडलाई उत्साहित बनाएको छ । म्यानचेस्टर युनाइटेडका फ्यानहरूले हालैका वर्षहरूमा क्लबको खराब प्रदर्शनका कारण वर्तमान अमेरिकी मालिक ग्लेजर परिवारलाई छोड्न आह्वान गरिरहेका छन् । मस्कको ट्विटले ठूलो प्रतिक्रिया बटुलेको छ । एकजना ट्विटर प्रयोगकर्ताले सोधे, ‘के तपाई साँच्चै सोच्नुहुन्छ कि उनले ट्वीटर किन्दै छन् ? वा काम नलाग्ने कुरा गरिरहेका छन् ।’ एजेन्सी

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ