• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    ‘मल्लको आगमनले अनुभवी खेलाडीको अभावलाई हटाउनेछ’

    245
    SHARES


    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आगमनले पछिल्लो समय कमजोरीका रुपमा देखा परेको अनुभवी खेलाडीको अभावलाई हटाउने बताएका छन् । कप्तान सन्दीपले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै करिब पाँच महिना पश्चात पहिलो पटक राष्ट्रिय टिममा परेका मल्लको आगमनले अनुभवी खेलाडीको अभाव हट्ने बताएका हुन् ।

    ‘उहाँ हामी सबैको सिनियर हुनुहुन्छ उहाँको अन्डरमा रहेर पनि हामीले लामो समय खेलेका छौँ,’ लामिछानेले भने, ‘उहाँबाट टिम आएका युवाहरुले धेरै अनुभव लिन सक्छन् । उहाँबाट टिमले उही अपेक्षा नै राखेको छ ।’ यहिँ भदौमा हुने केन्या भ्रमणका लागि टोलीमा पर्दै मल्लले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

    कप्तान सन्दीपले केन्या भ्रमणको हरेक खेलमा जितकै अपेक्षा राखिएको पनि बताए । तर, केन्याको पछिल्लो प्रदर्शनका कारण नेपाललाई केही सहज देखिए तापनि एसोसिएट राष्ट्रका विपक्षीलाई यसै भन्न नसकिने उनले बताए । नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका रहेको जनाइएको छ ।

    नेपालले घरेलु टोलीसँग सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ