• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    आगामी चुनावका लागि निवेदन दिएका दलहरुको रुजु आजदेखि

    287
    SHARES


    काठमाण्डाै। आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु हुदैछ । निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गर्ने भएको हो । दल दर्ताको निवेदन दिएका सबै दलहरुको आजदेखि जाँच गर्ने र त्यसमा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भए/नभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् ।

    निर्वाचन आयोगले निवेदनका लागि हिजोसम्मको समयावधि तोकेको थियो । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ र सबै परीक्षणपछि दलहरुलाई दर्ताका लागि आयोगमा पेस गरिनेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय गरेका छन् ।

    त्यस्तै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीले पनि एउटै चुनाव चिह्नमा चुनाव लड्नेछन् । नेकपा ( समाजवादी), सामाजिक एकता पार्टी र नेपाल दलित पार्टी तथा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र रमेश प्रसाद खरेलको नेपाल सुशासन पार्टीले पनि एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भएका छन् ।

    प्रवक्ता पौडेलका अनुसार संयुक्त चुनाव चिह्न लिएर चुनावमा प्रतिष्पर्धा गरे पनि चुनावपछि सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुनेछ । त्यो संसदीय दलको ह्वीप नमानेमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था छ । प्रवक्ता पौडेलका अनुसार अहिले ७७ वटै जिल्लामा मतदाता नामावली अद्यावधिकको काम भैरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९५ दिन बाँकी  रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ