• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेसपाले गर्यो सुदूरपश्चिम प्रदेश समिति गठन

    778
    SHARES


    काठमाडौँ। नेपाल समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन गरेको छ । मिनराज बडुको नेतृत्वमा नयाँ प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा हरि तिमिल्सेना, बिनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् भने मुख्य सचिवमा राजाराम चौधरी र सचिवमा डम्बर पाण्डे र गगन बिक चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी सुरेन्द्र यादवलाई दिइएको छ ।

    २ जना पदाधिकारी पछि पूर्ति गर्नेगरी ७१ सदस्यीय प्रदेश समिति गठन भएको हो । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी सदस्य जनकराज शाहले सफल कार्यकालको कामनासहित सम्मान गरेका थिए । जसपाबाट छुट्टिएर नेसपा गठन भएसँगै उक्त पार्टीले संगठन विस्तारको कामलाई तीव्रता दिइरहेको छ भने पार्टीले आगामी निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया