• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    आगामि निर्वाचनका लागि आयोगमा अहिले सम्म ८४ दलको निवेदन दर्ता

    333
    SHARES


    काठमाडौँ। निर्वाचनमा आयोगमा ८४ वटा राजनीतिक दल दर्ताका लागि आवेदन दिएका छन् । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगले मंगलबारसम्म अन्तिम समय दिएको थियो । आयोगले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम गत २२ देखि ३१ गतेसम्म दल दर्ता गर्न अन्तिम समय तोकेको थियो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएको जानकारी दिए । उनका अनुसार पहिलो निवेदन राष्ट्रिय जनमत पार्टीले आवेदन दिएको थियो । राजनीतिक दलले दल दर्ता गर्दा आवश्यक कागजात पेस गर्नुपर्छ । निर्वाचनमा भाग लिन दलले वार्षिक आयव्यय विवरणको प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था आयोगले उल्लेख गरेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ