• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मनोज प्रभाकर नियुक्त भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

    342
    SHARES


    काठमाडौँ । यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन् । कीर्तिपुरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन् ।

    उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ । पुबुदु दाशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रहेका बताए । केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

    अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ ट्वान्टी-२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले लेग स्पिनर सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु-१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग-२ अन्तगर्त मार्चमा युएईसँगको खेलमा समावेश थिए ।

    राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीब्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।

    घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ । नेपालले भ्रमण गर्ने सिरिजमा ५ ट्वान्टी-२० र तीन एक दिवसीय खेल हुनेछन् । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । घरेलु टोली केन्यासँगको सिरिजको लागि तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले ट्वान्टी-२० सिरिज खेल्नेछ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ