• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतको आपत्तिकै बीच पनि चीनको पानीजहाज पुग्यो श्रीलङ्काको हम्बनटोटा बन्दरगाह

    702
    SHARES


    काठमाडौँ। चीनले अनुसन्धानमा प्रयोग गर्ने एउटा जहाज भारतको आपत्तिकै बीच श्रीलङ्काको हम्बानटोटा बन्दरगाहमा पुगेको छ । अनुसन्धानका लागि अत्याधुनिक उपकरणहरू जोडिएको जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै भारतले आपत्ति जनाएको थियो । तर भारतीय विरोध बाबजुद जहाज श्रीलङ्का पुगेको हो ।

    युवान वाङ ५ नामको जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने सर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति मात्रै दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जहाज बन्दरगाहमा अगस्ट २२ तारिखसम्म रहने जानकारी दिएको छ । हम्बानटोटा बन्दरगाह चीनले नै सञ्चालन गरिरहेको छ ।

    अहिले श्रीलङ्कामा रहेको युवान वाङ ५ नामको जहाज चीनको पछिल्लो पुस्ताको अन्तरिक्ष ट्र्याकिङ जहाजहरूमध्ये एक रहेको रोयटर्सले जनाएको छ । यसलाई उपग्रह, रकेट र अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रक्षेपणहरूको निगरानी गर्न प्रयोग गरिन्छ । भारतीय सञ्चारमाध्यमहरूले यसलाई दोहोरो प्रयोगको जासुस जहाज भन्दै अनुसन्धान र सर्वेक्षण पोत भनेका छन् ।

    पछिल्लो समय अर्थतन्त्र टाट पल्टिएर समस्यामा परेको श्रीलङ्कालाई सहयोग पठाउनेमा सबैभन्दा अगाडि रहेको भारत यो घटनाबाट चिढिन सक्ने भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । जुलाई महिनाको सुरुमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जहाजको सुक्ष्म अनुगमन गरिरहेको भन्दै श्रीलङ्काको क्षेत्रमा जानेबारे मौखिम विरोध गर्नुभएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ