• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्ड भन्छन- बाबुराम र म सँगै उभिनुको ठूलो अर्थ र महत्व छ

    349
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताएका छन् । मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँग प्रचण्डले भेट गरेका थिए र उनीहरुबीच ४ मंसिरको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

    बाबुराम भट्टराईसँगको भेटपछि प्रचण्डले पत्रकारहरुसँग भने, ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं अब । अब कसैले रोकेर रोकिदैन । प्रचण्डले आज नै पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने बताए । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको प्रचण्डले बताए ।

    ‘हामी अरु पनि वामपन्थीहरुसँग एकता गर्छौं,’ उनले भने, ‘माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ