• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिनिधिसभामा प्रत्यायन विधेयक बहुमतले पारित

    309
    SHARES


    काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो ।

    विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहुँच गराउनु रहेको बताए । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।

    यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक सदनमा आएको बताए । सांसद नवराज सिलवालले प्रत्यायन विधेयक ल्याएकामा सरकारलाई धन्यवाद दिए । उनले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन तथा निरीक्षण र प्रमाणीकरण गर्नका लागि आधिकारिकता प्रदान गर्ने भएकाले पनि उक्त विधेयक महत्वपूर्ण रहेको बताए ।

    उनले विधेयकमा नेपालको उत्पादन हो भनेर प्रमाणीकरण हुने भयो तर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सन्दर्भमा पनि विशेष ध्यान दिन आग्रह गरे । छलफलमा सांसद प्रेम सुवालले पनि भाग लिएर आफ्नो धारणा राखेका थिए । विधेयकमाथि उनले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ