धादिङ । धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेकी एक महिलामा हैजा देखिएको छ । घरमा झाडाबान्ता र पखाला लागेपछि साउन २९ गते उपचारका लागि टेकु अस्पताल काठमाण्डौ पुर्याइएकोमा हैजा पुष्टि भएको थियो । सिम्लेका अन्य चार जनालाई समेत झाडापखाला, बान्ता प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
हैजा देखिएपछि मङ्गलवार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत त्यस क्षेत्रमा खटाइएको छ । प्रकोप प्रभावित क्षेत्रमा सरसफाइमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचनामा अनुरोध गरेको छ ।
पिउने पानीको नमुना सङ्कलन गरी पानीको गुणस्तर परीक्षण गरिने निर्णय गरिएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए ।
प्रतिक्रिया