• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु

    222
    SHARES


    काठमाडौँ । गत साउन २७ गते झापाको दमकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १-०४-००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा घाइते भएका स्कुटर चालक दमक-४ निवासी ६८ वर्षीय रामुजुलुम नायकको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको थियो । उनको मंगलबार बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक चालक ३८ वर्षीय मातृका दनुवार र ट्रक इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ