• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights मधेश विशेष समाचार

    किसानका लागि आएको गहुँ ओसार्दै गरेका कर्मचारी समातिए

    1.4K
    SHARES


    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानका लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर-६ कोचाबखारीमा रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतोले चोरी गर्दै गर्दा समातिएका छन् ।

    महतोले विना प्रक्रिया गएराति ९ बजे गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीय बासिन्दाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए । लगतै प्रहरी टोलीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अरु तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसहित गहुँको एक सय बोरा गएराति नै इलाका प्रहरी कार्यालय सखडामा ल्याइएकाे छ ।

    वडाअध्यक्ष कपिलेश्वर साहले गएको वर्ष किसानका लागि वितरण गर्न ल्याइएको गहुँ त्यसबेला पालिकाबाट केही बोरा लुटिएको तर, महतोले पूरै गहुँ लुटिएको ब्यहोरा पालिकालाई जानकारी गराएको र अहिले अरु बाँकी गहुँ चोरी गरेको हुनसक्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ