• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बिहारमा मन्त्रिमण्डल विस्तार हुँदै

    332
    SHARES


    काठमाडौँ । बिहारमा नितिश–तेजस्वी सरकार गठनको ६ दिनपछि मंगलबार क्याबिनेट विस्तार गरिँदैछ । नयाँ मन्त्रिमण्डलमा कूल ३१ जना मन्त्रीले शपथ लिने बताइएको छ । जसमध्ये १६ जना राष्ट्रिय जनता दल (आरजेडी), ११ जना जनता दल युनाइटेड (जेडीयू), २ जना काँग्रेस र हम र निर्दलीय एक-एक जना रहेका छन् ।

    यता मन्त्रिमण्डल विस्तार अघि नै काँग्रेसमा विवाद सुरु भएको छ । सोमबार पार्टी कार्यालय बाहिर काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । आफूहरूलाई कम मन्त्रालय दिएकोमा उनीहरूको असन्तुष्टि रहेको थियो । राजभवनको राजेन्द्र मण्डमा भारतीय समयअनुसार ११ः३० मा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । समारोहमा मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री तेजस्वी यादव, पूर्व मुख्यमन्त्री रावडी देवीलगायत नेताहरू उपस्थित हुनेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ