• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कमल थापा भन्छन-‘बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन’

    256
    SHARES


    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उनले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    केही दिनयता काठमाडौंको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बनेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ