काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक भोलि ८ बजे बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भोलि विहान ८ बजे बस्नेगरी सकिएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए ।
बैठकले प्रदेश र प्रतिनिधि सभा चुनावको तयारी, सातै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा चुनावी भागवण्डाको विषयमा समेत छलफल हुने खतिवडाले बताए ।
प्रतिक्रिया