• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    आज प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

    566
    SHARES


    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।

    संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी भएको हो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिन लागेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

    नेपाली काँग्रेस पनि आजै दल दर्ताको लागि आयोग जानेत यारीमा छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ