• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चुनावमा भागलिन दल दर्ता गर्ने आज अन्तिम दिन, हालसम्म ६२ दल दर्ता

    206
    SHARES


    काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट समाप्त हुदैँछ । ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सिमा आजबाट समाप्त हुन लागेको हो ।

    सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ ।

    राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरूमध्ये सत्तारुढ दल नेपाली कांग्रेसले भने आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ