• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चारजना रुसी सैनिकको हत्या

    895
    SHARES


    काठमाडौँ । अल-कायदा-सम्बन्धित जिहादी समूहले मध्य मालीमा एम्बुसमा पारेर रूसी सुरक्षा समूह वाग्नरका चार भाडाका सैनिकहरूलाई मारेको दाबी गरेको छ । सहेलको मुख्य जिहादी गठबन्धन सपोर्ट ग्रुप फर इस्लाम एन्ड मुस्लिम (जीएसआईएम)ले शनिबार वाग्नर सिपाहीहरूको समूहलाई बान्डियागारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ । जीएसआईएमका लडाकुले रुसी सुरक्षा समूहका चार जनाको हत्या गरेको उक्त समूहले जनाएको छ ।

    गुप्तचर अनुगमन समूह एसआइटीई र स्थानीय निर्वाचित अधिकारीले पनि पनि हत्याको पुष्टि गरेका छन् । ‘बन्डियागारा नजिकै जिहादीहरूले सप्ताहन्तमा चार रुसीको हत्या गरेका छन्’, एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा भने ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया