• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आङ सान सुकीलाई भ्रष्टाचारकाे मुद्दामा ६ वर्षकाे जेल सजाय

    429
    SHARES


    काठमाडौँ। म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

    सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो । यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ ।

    ७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ । म्यान्मारमा सैन्य शासनकाे कट्टर विरोधीमध्येकी एक सुकीमाथि भ्रष्टाचार तथा चुनावी उल्लङ्घनलगायतका १८ वटा अपराधको आरोप लागेको थियो । ती विभिन्न आरोपमा एक सय ९० वर्षभन्दा धेरैको सजाय तोकिसकेको छ । तर सुकीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आउनुभएको छ ।

    सन् २०२१ काे फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर सुकीलाई पक्राउ गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ