• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्यान्सर पीडित गायिका स्मिता घिमिरेको निधन

    704
    SHARES


    काठमाडौँ । गायिका स्मिता घिमिरेको निधन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका परिवार मर्माहत भएको जनाएको छ ।

    समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्तिम दाहसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’ घिमिरे पछिल्लो पटक बोनम्यारोको क्यान्सरबाट पीडित थिइन् । उनको सोमबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरू गाएकी छन् ।

    केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गरेकी थिइन् । ४-५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।

    मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिइन् । सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो ।

    प्रशस्त आत्मविश्वासले भरिएकी ऊर्जाशील गायिका घिमिरेले काठमाडौंमै स्तन क्यान्सरको शल्यक्रिया गराएर त्यसमाथि विजय प्राप्त गरेकी थिइन् । केही साताअघि नेपाली कलाकारहरुको एक समूहले गायिका घिमिरेलाई उनकै निवासमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ