• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हाजिर गरेर सांसदहरू बाहिरिदा गणपूरक संख्या पुग्न छोड्यो : सभामुख सापकोटा

    232
    SHARES


    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेला गणपूरक संख्या नपुग्ने गरेकोमा असन्तुष्टि जनाए । सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    पछिल्लो समय संसदमा गणपूरक संख्या नपुगेकोप्रति सभामुख सापकोटाले असन्तोष व्यक्त गरेका हुन् । पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढिरहँदा सभामुखबाट यस्तो प्रतिक्रिया आएको हो । यसरी सांसदहरू बैठक छाडेर बाहिरिँदा कतिपय महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गणपूरक संख्या नपुग्ने गरेको छ ।

    आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए ।

    सभामुख सापकोटाले भनेका छन् , ‘हामी कसैले सबैभन्दा माथि म छु भनेर ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानुन छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति वुद्धि र विवेक लगायौं ? कति मेहनत र परिश्रम गर्‍यौं ? त्यो मूल्यांकनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कतिपटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

    सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको पनि बताएका थिए । समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइन भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ