• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    स्थानीयले गुलेली र ढुंगा हानेपछि रोकियो फोहोर

    285
    SHARES


    काठमाडौं । फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका छन् । स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका छन् ।

    ‘प्रहरीले फोहोर रोक्ने को हो ? हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै घर घरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोहि घरमा बसेका छैनन् । सबै डाँडामा चढेका छन् । ५० ट्रकजति फोहोर जबरजस्ती झारेपछि यहाँको मान्छेले ढुंगा हानेका थिए । त्यसपछि फोहोर झार्न रोकिएको छ’, एक जना स्थानीयबासिन्दाले भने ।

    नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको बताए । ‘अहिले ठुलो झडप त छैन । नरोकिने हो भने यसले ठुलो रुपमा लिन्छ,’ उनले भने ।

    नेपाली कांग्रेसका धुनवेशी नगरपालिका एकनम्बर वडा सभापति पूर्ण थिङले स्थानीयबासीमाथि लगाइएको झुटो मुद्दा खारेज गरेर वार्ताको वातावरण बनाउनु पर्ने बताए । काठमाडौं महानगरले आज २ सय भन्दा धेरै गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा हालसम्म ५० वटा गाडीको फोहोर मात्रै झारिएको छ । अरु गाडी बाटोमै रहेका छन् ।

    महानगरले नेपाल ट्रिप्पर व्यवसायी संघसँग डिजेल र चालक भत्ता दिनेगरी २ सय ५० टिपरलाई भाडामा लिएर फोहोर पठाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार भाडामा लिएका टिपरले पनि स्थानीयको अवरोधको कारण फोहोर फाल्न सकेका छैनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ