• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देशको स्थायित्व र विकासका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ : अध्यक्ष प्रचण्ड

    220
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब यो देशको स्थायित्व र विकासका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक भएको बताएका छन् । रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित कलाकार सम्मान र पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरिएकाले अब समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

    ‘यो राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरियो । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ’ प्रचण्डले भने, ‘मैले एकपल्ट देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडल विकास गर्नकै निम्ति आफूलाई प्रतिवद्धता व्यक्त गर्दै आएको छु ।’ नेपाललाई प्रकृतिले धेरै दिएकाले आफ्नै विशेषतामा आधारित देशको विकास गर्नुपर्नेमा जोड दिए ।

    ‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । इतिहासले पनि हामी सबैलाई धेरै दिएको छ । अब वर्तमानमा प्रकृति र इतिहासमा ती गौरवहरु ती तागतहरुलाई सदुपयोग गरेर समृद्ध नेपाल बनाउनुछ’ प्रचण्डले भने, ‘हाम्रो देशको भूराजनीति अवस्थिति दुई विशाल छिमेकीको बीचमा छौं । हाम्रो भौगोलिक विविधता, साँस्कृतिक र जातिय विविधतालाई एउटा मजबुत मालामा उनेर विकासको गति लिनुपर्ने छ ।’ लोकतान्त्रिक प्रणालीमार्फत सबै जातजाति, भाषाभाषी वर्ग समुदायको प्रवर्द्धन गर्न लाग्नुपर्ने प्रचण्डले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ