काठमाण्डाै। सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया