• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    नेदरल्यान्ड पठाइदिन्छु भन्दै करोड बढी रकम लिएर फरार युवक कोटेश्वर बाट पक्राउ

    1.3K
    SHARES


    काठमाडौँ। नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम ठगी गरेर फरार एक युवक पक्राउ परेका छन् । खोटाङ बाह्रपोखरी ५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन् । राईले रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ हाल काठमाडौंको नागार्जुैन बस्ने २७ वषीएय निमा तामाङ लगायत १६ जनालाई नेदरल्यान्डको भिसा लगाइदिने भन्दै रकम ठगी गरेका थिए ।

    राईले उनीहरुबाट प्रतिव्यक्ति १६ लाख रुपैयाँ उठाएको प्रहरीले जानकारी दिएको छ । विदेशमा पानीजहाजमा काम लगाई मासिक ७५ हजार तलब हुने प्रलोभन देखाई १६ जनाबाट १ करोड ३६ लाख रुपैयाँ लिएर वेपत्ता भएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ गरेका राईमाथि थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया