काठमाडौँ । संसारमा यस्ता केही मान्छेहरु हुन्छन् जसका कारण केही व्यक्ति त के सिंगो समाज र राज्य नै निरिह बन्नुपर्ने अबस्था सिर्जना हुन सक्छ । कहिलेकाही यस्ता जिद्दीवाल मान्छेले दुनियाँलाइ हैरान पार्छन् ।गाउँ होस वा शहर, जिद्दीवाल मान्छेको अगाडी राज्यको पनि केही लाग्दैन। जिद्दीवाल मान्छेका कारण चीनको सांघाई शहरमा सन २००३ तिर हाइवे बनाउदा बाटोमा पर्ने घरहरु हटाउने काम शुरु भयो।
सरकारले बाटोमा पर्ने घर मालिकहरुलाई उचित मुआब्जा दिएर ति घरहरु हटाएको थियो। सरकारले घरलाई बाटोबाट अन्यत्र सार्दा प्रत्येक परिवारलाई चार फ्ल्याट र ८० लाख युआन दिएको थियो। यसै क्रममा एउटा जिद्दीवाललाई सरकारले समेत कन्मिन्स गर्न सकेन । बाटोको बीचमा घर भएका एक मानिसले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे। घर मालिकको जिद्दिका कारण ससडक बिभागले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो। करिब १५ बर्षपछि हालसम्म पनि यो घर हाइवेको बिचमा जस्ताको त्यस्तै रहेको छ। यसरी संसारलाई नै चकित पार्ने गरी सरकारको निर्णय अटेर गरेका चिनिया नागरिक को हुन् भन्ने बारेमा भने सूचना सार्बजनिक गरिएको छैन ।
अर्को रोचक प्रसंग: कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो । तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर खिचाए । लण्डन नजिकैको आइवेड नामक उक्त गाउँका मानिसहरु आफ्ना लागि वा चर्चित बन्नका लागि यस्तो गरेका होइनन् । एउटा कल्याणकारी कार्यका लागि पैसा जुटाउन भन्दै गाउँलेहरु नांगिएर फोटो खिचाएका हुन् । त्यसमा गाउँका २४ जना मानिसहरुले भाग लिए, जसमा फोटोग्राफर पनि सामेल थिए ।
पेशाले ब्युटिसियन रहेकी लारा चिजम्यानले गाउँमा उक्त न्यूड फोटोशूटको लागि अग्रसरता लिएकी थिइन् । गरीब बालबालिकाको लागि सञ्चालित अभियानका क्रममा उनले आफ्नो सोसल साइट मार्फत न्यूड फोटोशूटको आयोजना गर्न लागेको कुरा उल्लेख गरेकी थिइन् । जब उनले सोसल मिडियामा यस्तो खुलासा गरिन् तब नांगिएर फोटो खिचाउन गाउँलेहरु तछाडमछाड गरे । अन्ततः २४ जनाको निर्वस्त्र फोटो खिचियो । निकै चिसोका बाबजुत पनि मानिसहरुले जिउ नांगो पारेर तस्वीर खिचाउन तयार भएका थिए ।
गाउँलेका निर्वस्त्र फोटोहरुलाई एउटा क्यालेन्डरमा प्रयोग गरिनेछ । ती क्यालेन्डरहरु छपाई गरी बिक्रि गरेर प्राप्त रकमलाई बालबालिकाको क्षेत्रमा खर्च गर्ने उनको भनाई छ ।
प्रतिक्रिया